काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । छलफलमा समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।
दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । त्रिपक्षीय छलफल आजै अपराह्नका लागि तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस्