युवा संघ द्वारा नगरपालिका घेराउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

बुटवल– एमाले निकट राष्ट्रिय युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको आडमा निर्वाचित जनप्रतिनिधिमाथि प्रहरी ज्यादती भएको भन्दै आज नगरपालिका घेराउ गर्न लागिएको जनाएको छ ।
तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए ।

तिलोत्तमा नगरपालिका ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाइ डिएसपी ठगबहादुर केसीले आफुलाई पौडी पोखरीमा धकेलिदिएपछि चर्को विवाद शुरु भएको छ।
डिएसपीलाई कारवाहीको माग गर्दै वडाध्यक्ष क्षेत्रीले भने, ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, ज्यान लिन खोजियो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारवाही होस् ।’

नगरप्रमुख रामकृष्ण खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।
नगरप्रमुख खाँण गृहमन्त्रीका आफ्नै भाइ हुन् ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालले गृहमन्त्री बालकृष्ण खाँणको आडमा निर्वाचित जनप्रतिनिधिमाथि प्रहरी ज्यादती भएको भन्दै आज नगरपालिका घेराउ गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array