प्रतिनिधि सभा बैठक बस्दैः विभिन्न विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज सोमवार बस्दै छ । विहान ११ बजे बस्ने आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

- Advertisement -
Ad image

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने समेत सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

आजैको बैठकले सो विधेयकलाई पारित गर्न प्रस्ताव गरिने समेत सम्भावित कार्यसूची छ ।

मन्त्री खापङ्गले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव गर्ने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

आजैको बैठकमा मन्त्री खापुङ्गले सो विधेयकलाई पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्