माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवगठित स्थायी समितिको बैठक शनिबार बस्दैछ । बिहान ८ बजेपछि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको एक नेताले जानकारी दिए । बिहीबार सम्पन्न केन्द्रीय समितिबाट माओवादीले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो ।

बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद, जनवर्गीय संगठनको पूर्णता लगायतका विषयमा छलफल हुने एक नेताले बताए । यस्तै पदाधिकारी चयनका विषयमा पनि बैठकमा छलफल हुन सक्ने ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array