यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर रेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ४९ पैसा र बिक्री दर १२६ रुपैयाँ ९९ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ०१ पैसा र बिक्री दर १२९ रुपैयाँ ६२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६० पैसा र बिक्री दर ३४ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array