आज नेप्से १६।६० अंकले घटेर २ हजार २७।३२ विन्दुमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

१६।६० अंकले घट्यो नेप्से

काठमाण्डौ ( साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से १६।६० अंकले घटेर २ हजार २७।३२ विन्दुमा बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से( नेप्से)मा कूल २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेसनको भएको छ । यसको आज ७ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा आरबिबि म्युचुअल फण्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, सुमित लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array