पुर्व प्रधानमन्त्री बिरुद्धको उजुरी उपर अख्तियार प्रमुख निरिह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौं – एकातिर  अस्ति सदनमा अर्थ मन्त्रि जनार्दन शर्मा माथि प्रश्न खडा गर्ने एमाले पार्टि अध्यक्ष आफु प्रधानमन्त्री हुदा आफु मातहतका मन्त्रीहरु माथि भ्रस्टाचारको आरोप लाग्दा ति मन्त्रीहरु माथी छानबिन किन गरिएन भनि आलोचना हुन थालेको छ भने अर्कोतिर  सरकारी कार्यालयमा कर्मचारीहरु को अकर्मन्यताका कारण सेवाग्राहीहरु सास्ती पाएर विरक्त भएका छन् भने साथै अख्तियार दुरुपयोग अनुसन्धानमा को काम काज को शैली प्रति प्रश्न उठ्न थालेको छ।

 

५ महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धानमा दर्ता भएको उजुरी उपर छानबिनको प्रक्रिया अगाडि नबढ्नु ले बिभागको निरिहता प्रति प्रश्न उठ्न थालको छ भने आयॊग ठुलाबडा प्रति मौन भएको  भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यशैली र आस्था प्रति आलोचना हुन थालेको छ। पुर्व प्रधानमन्त्री तथा मन्त्रीहरु बिरुद्ध परेको उजुरी उपर छानबिन नहुनु तर अन्य धेरै उजुरी अनुसार छानबिन भैइ कारवाही हुनु लाइ,  उजुरी दर्ता गरेपछि सुनुवाई नुहुने भए पछि निबेदकहरु ले आयोग पूर्वाग्रह पूर्ण भएको दाबि गर्छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मिति २०७८ फागुन ५ गते एमाले अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई नेताहरु भानुभक्त ढकाल, पद्मा अर्याल बिरुद्ध उजुरी दर्ता भएको छ। नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको  केन्द्रिय सचीव तथा बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले उजुरी हालेका हुन् भने ओलीसहितका एमाले नेताहरु विरुद्ध अख्तियारमा उजुरी हाल्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको टोली टंगाल पुगेको थियो ।

झापाको गिरिबन्धु टि स्टेट जग्गा प्रकरण, कोरोना खोप आयातको कमिसन र नेपाल भ्रमण वर्ष सचिवालयमा अरबौं अनियमितता भएको आरोप लगाउँदै अख्तियारमा यिनका बिरुद्ध उजुरी परेको हो ।भ्रष्टाचार काण्डहरुको नेतृत्व तत्कालिन प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको र उप्रधानमन्त्री पोखरेल, पर्यटन मन्त्री भट्टराई, स्वास्थ्य मन्त्री ढकाल र भूमि व्यवस्था मन्त्रीका रुपमा अर्यालको प्रत्यक्ष संलग्नता रहेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

अनेरास्ववियूको केन्द्रिय सचिब तथा बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकी

सो उजुरी उपर अख्तियार दुरुपयोग अनुसन्धानले के कस्तो प्रक्रिया अगाडि बढाएको छ भनि नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको  केन्द्रिय सचीव तथा बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकी सग धेरै ले जिज्ञासा राख्दा बुढाथोकीको अनुसार उक्त निवेदन उपर अख्तियार दुरुपयोग अनुसन्धानले छानबिन प्रक्रिया अगाडि बढाएको बारे आफुलाई कुनै जानकारी नभएको र छिटै हामी बिभागमा पुगेर प्रक्रिया कहा सम्म पुग्यो भनेर सोधखोज गर्ने छौ र बिना पूर्वाग्रह अख्तियार दुरुपयोग अनुसन्धानले जिम्मेवार पुर्वक जवाफ दिनु पर्ने र सोहि अनुसार हामी मिडिया मार्फत सार्वजानिक गर्ने छौ।

एमाले बाट सत्तामा पुगेका नेताहरु माथि लागेको आरोपको सत्यतथ्य बारे छानबिन गर्नुपर्ने बारे एमालेका इमान्दार नेता कार्यकर्ताहरु किन मौन छन् भनि बुढाथोकी ले प्रश्न गरे। व्यवस्था परिवर्तनका लागि अहोरात्र खटेका समर्पित कार्यकर्ता नेताहरु मौन बसेको देख्दा आम नागरिक पनि छक्क परेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array