माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै, पदाधिकारी चयन गर्ने संभावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरेर आज ११ बजे बस्ने तय गरिएको हो ।

पार्टी नेतृत्वको टीम प्रतिनिधिसभा बैठकमा सहभागी बन्नुपर्ने भएकाले बुधबारको बैठक स्थगित गरिएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय पदाधिकारी र स्थायी समिति सदस्यको नामावली प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array