घट्यो सुनको मुल्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: