अर्थमन्त्री शर्मा माथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बन्ने संसदीय समिति ११ सदस्यीय हुने भएको छ । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ ।

संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २-२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना रहनेछन् ।

दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array