माओवादी केन्द्रको बैठक आज पनि बस्दै, पदाधिकारी टुंग्याउने रणनीति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषयमा आजको बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै सदस्यहरुले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।

प्रचण्ड निवासमा भएको पूर्वस्थायी समितिको बैठकले पदाधिकारी चयनका लागि निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिएको थियो । सो अनुसार उनले आकांक्षीहरुसँग छलफल गरेर आजको बैठकमा पदाधिकारीमा रहनेहरुको नाम प्रस्ताव गर्ने बताइएको छ ।

नेता गिरिराजमणि पोखरेलले प्रचण्डलाई पदाधिकारीको टुंगो लगाउन जिम्मेवारी दिइएको भन्दै सोहीअनुसार उनले टुंगो लगाएर केन्द्रीय कमिटीमा पेश गर्ने बताए । प्रचण्डलाई पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरो टुंग्याउन पनि जिम्मेवारी दिइएको छ ।

माओवादीको गत पुसमा सम्पन्न राष्ट्रिय सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि पहिलो केन्द्रीय समितिले टुंगो लगाउने भनिएको थियो । तर महाधिवेशनको ६ महिना बितिसक्दा पनि टुंगिन सकेको छैन । अध्यक्ष प्रचण्ड अब चुनावपछि पदाधिकारी टुंग्याउने पक्षमा भएपनि केन्द्रीय समितिमा चर्को आवाज उठेपछि दवावमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array