माओवादी केन्द्रीय कमिटी बैठकः आज प्रचण्डले जवाफ दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् ।

यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन माथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् ।

सोमबारको बैठकमा ४६ जना नेताहरूले भाग लिएका थिए । उनीहरुले स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माण बारेमा विशेष कुरा उठेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array