बजेट निर्माणमा अत्यधिक चलखेल र अनैतिक काम भयोः केपी ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९–८० को बजेटमा बनाउँदा अनैतिक काम भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘बजेट बनाउँदा यति अनैतिक काम विश्वमा भएको छैन । अर्थतन्त्रको विरुद्ध यस प्रकारका अनैतिक कार्य विश्वमा कही भएको छैन । यो पहिलो घटना हो ।’

दुई चारवटा घरानाको अनुहार देखिएको बजेट आएको ओलीको टिप्पणी छ । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ? उनको प्रश्न छ ।

दुई चारवटा घरानालाई सोधेर बजेटमा करको दर हेरफेर भएको ओलीले बताए । ‘तिमीहरुलाई कति कति चाहिन्छ भन्दै बजेटको करको दर हेरफेर भयो । गजब छ ।’ बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीको आरोप छ । यसबारे एमालेले फुटेज माग्दा को हो एमाले भन्दै असंसदीय व्यवहार देखाइएको ओलीले बताए ।

बजेट निर्माण नै खतरनाक ढंगले भएको र मर्यादाका सबै सीमा तोडिएको उनले बताए । ‘यो बजेट बजेट मात्र रहेन । यो बजेट इमान, आचरण, नैतिकता, मूल्य मान्यता र मर्यादाका सीमाहरूसँग सम्बन्धित हो । यो बजेट निर्माण नै बहुतै खतरनाक ढंगले मूल्य मान्यता तोडेर आयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: