ऐन बिपरित धितो लिएर चर्को व्याज असुल्ने बिरुद्ध रास्ट्र बैंक र अर्थमन्त्री मौन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०७९, आईतवार
1 Min Read
Aa

पार्टीको नेताहरु नै रास्ट्र बैंकको ऐन बिपरित अबैध धितो लगानी गर्ने बिरुद्ध सरकार
स्थानिय साहु महाजनहरु जग्गा , सुन जिन्सी धितो राखी महिनावारी तिन रुपिया सैकडाको दरले वा मिटरब्याजमा कर्जा लगानी गर्ने चलन दशकौ देखि चले पनि नियमनकारी निकाय भने बेवास्ता गरेको । यो अबैध कारोबार देशभरी खुलेआम हुने गरेको भए पनि सरकार भने निरिह बनेको छ।


व्यवस्था परिवर्तन भए पनि ऐन बिपरित अबैध कर्जा लागनी गर्नेहरु खुलेआम गरिरहेको छन्। लगानी गर्नेहरु मा पार्टी नेतृत्वमा भएकाहरु को बिगबिगी छन्। मिटरब्याजी रामदेव साहको अत्याचार बिरुद्ध पीडितहरूले आज सप्तरी,जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।

अबैध लगानी गर्ने स्थानिय साहु महाजन बिरुद्ध न पार्टीहरु , नागरिक समाज , संघ संगठन र स्थानिय प्रशासन मौन छन्।

मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा प्रदर्शन भएको हो । गाउँ–गाउँबाट आएका पीडितहरूले र्यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए ।

सप्तरीको खडक नगरपालिका–७ घरभई धरान बस्दै आएका साहले करोडौंको रकम र सम्पत्ति ठगी गरी फरार छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

तस्विर श्रोत सामाजिक संजाल बाट

प्रतिक्रिया दिनुहोस्

Array