गठबन्धन जोगाउनका लागी राजीनामा दिन तयार छुः मुख्यमन्त्री पाण्डे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनलाई कायम राख्नका लागी आफु सरकारको नेतृत्व छाड्न तयार रहेको बताएका छन ।

बागमती प्रदेशमा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ । सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गरेकाले सहमति कायम गर्नका लागी भए पनि राजिनामा दिन बाध्य भएको बुझिएको छ ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्