यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १६ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ९०पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्