सर्वोत्तम सिमेन्टले आईपिओ निष्काशन गरेको वर्षमा ३४.६५ प्रतिशत लाभांश बितरण गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपिओ निष्काशन गरेको वर्षमा ३४.६५ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रारम्भिक विवरणपत्रमा कम्पनीले आर्थिक वर्ष 0७९/८० मा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको लाभांश बितरण गर्ने उल्लेख गरेको हो ।

आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड पुग्ने छ । कम्पनीले ३४.६५ प्रतिशतले हुन आउने १ अर्ब ६१ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रक्षेपण गरेको हो । कम्पनीले आर्थिक वर्ष ८०/८१ मा पनि १ अर्ब ६१ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको आइपिओ निष्काशन चालु आर्थिक वर्ष ७८/७९ मा नहुने देखिन्छ । कम्पनीले असार १९ गते आइतबार योग्य संस्थागत लगानीकर्तासँग रोड सो कार्यक्रम गर्दै छ । रोड सो कार्यक्रमपछि मूल्य तय गर्ने, नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउने, योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गर्ने, सर्बसाधारणलाई शेयर निष्काशनको लागि सूचना जारी गर्ने लगायतका कार्यहरु सकेर असार मै शेयर निष्काशन गर्न सम्भव देखिदैन ।

सोहि कारण कम्पनीको शेयर निष्काशन आर्थिक वर्ष ७९/९० मै हुने छ । र कम्पनीले ७९/८० कै मुनाफाबाट ३४.६५ प्रतिशतले हुन आउने १ अर्ब ६१ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रक्षेपण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: