भ्रष्टचारको अखडा भएका कार्यालयमा सरुवा माग्न आउने कर्मचारीको भिड, किन हुँदैन नियन्त्रण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ ।

जहाँ घुस नदिई जनताका कुनै काम हुँदैन । प्रशासन, कृषि, वन, इन्जिनियरिङ र विभिन्न सेवा समूहका कर्मचारी घुस खान पाइने निकायमा जान हौसिने गरेका छन् ।

त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो हुने ठाउमा जानेगरी दौडधुप गर्ने गरेका छन् । त्यस्ता कर्मचारी विभिन्न शक्ति केन्द्र धाउने तथा बिचौलियाको समेत प्रयोग गर्न खप्पिस हुने गरेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीअरु बताउछन ।

जनस्तरमा समेत केही सरकारी कार्यालय ‘घुस्याहा’ कार्यालयका रूपमा चिनिन्छन् । मन्त्रालयका अधिकारीका अनुसार घुस्याहा र आकर्षक कार्यालयका रूपमा वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, श्रम कार्यालय, राजस्व कार्यालय, सडक तथा डिभिजन कार्यालय, कर कार्यालय, सुगम र बढी बजेट भएका स्थानीय तहहरू, कम्पनी रजिस्टार कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालय, केही जिल्ला प्रशासन कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्

Array