मनसुन सक्रिय, देशभर बाढी र पहिरोको जोखिम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: