सरकारी नीति बिपरित बिषादी युक्त फलफुल को आयात बढ्दो: स्वास्थ चिन्ताजनक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ- भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल आयात भएको छ।

एकातिर आयात स्थानीय रैथाने फलफुलहरु लोप हुदै छ भने आयात कम गरि कृषि मा आत्मनिर्भर हुने  सरकारी नीति बिपरित बिषादी युक्त फलफुल को आयात बढ्दो छ। बडी उत्पादन को धारणाले स्थानिय फलफुलहरु बिस्थापित हुदै बिदेशी बिउ लाइ अप्नाइएको छ भने अर्को तिर उचित मूल्य नपाएर किसानहरु आफै फलफुल को खेति गर्न रुचाएका छैनन्।

लगानी, मेहनत र लाग्ने समय र जोखिम अनुसार को नाफा भन्दा विदेश मा गएर धन आर्जन गर्नु मा जोखिम कम र आम्दानि सुनिषित हुने कारण पेशा संकट मा छ। बिभिन्न जटिल रोग लाग्नु को मुख्य कारण मध्ये विदेश बाट आयाति बिषादी युक्त फलफुल को सेवन नै हो र रोग लागे पछि आम्दानी को ठुलो हिस्स चिक्तित्सा मा खर्चिनु परेको छ। यो बिषयमा बेला बेला चर्चा चले पनि सरोकार वाला निकाय मौन छन्।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म को अवधिमा नेपालमा ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला , १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची, २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर , ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा, ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ , ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी, १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर र १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा आयात गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

TAGGED: