अदालतमा बढ्दो डिभोर्सको निबेदन :नबुझी विवाह बन्धनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०७९, शनिबार
5 Min Read
Aa

काठ्मान्डौ- पूर्वीय सभ्यता अनुसार विवाहलाइ दुइ परिवारबीचको पवित्र नाता भनेर परिभाषित गरिन्छ भने ग्रन्थ मा उल्लेख अनुसार बिधि बिधान पुर्यार गरिएको बिबाहले श्रीमान श्रीमती नाता भने सात जन्म सम्म साथ रहने उल्लेख छ । मौलिकता, संस्कार संस्कृति को महत्वलाइ बिर्सदै कर्पोरेटले तैयार गरेको तथाकथित डिजिटल व्यवस्थालाई आधुनिक मानेर आफु फरक हो भनेर अरु को ध्यानाकर्षण पाउन जे नि गर्नु लाइ उपलब्धि मानेर रमाउनेहरु ले आफु आधुनीक सभ्याताको हिसा हो भनि साबित गर्न तिर उन्मुख गराइरहेको ।

पश्चिमा संस्कृति को नक्कल कारण सात जन्मको साथ मानिने पतिपत्नीको सम्बन्ध भने एक जन्म त के विवाहको ५ महिना टिक्न नसक्ने अवस्थामा नेपाली जोडीहरू पुगेका छन्। तथ्यांक अनुसार दिनप्रति दिन अदालतमा बढ्दो डिभोर्सको निबेदन ले पश्चिमा संस्कृति को दुस्प्रभाव स्पस्ट देखिन्छ।

पश्चिमा संस्कृतिको देखासिकी र सानातिना मनमुटावमै इगो कारण सम्बन्ध छुट्ने गरेको पाइएको छ । लागुऔषध सेवन, गरिबी, असीमित आकांक्षा र मानसिक अक्षमता पनि सम्बन्धविच्छेदको कारण हो ।

पश्चिमा संस्कृतिको खुलापन , वैदेशिक रोजगारी, हात मा मोबाइल, सामाजिक संजाल को दुरुपयोग ले पनि सम्बन्ध विच्छेदलाई बढाउँदै लगेको पाइन्छ । अंग्रेजीमा ‘डिभोर्स’ भनिने सामान्य शब्दको नकारात्मक र सकारात्मक पाटा भए पनि हाम्रो समाजलाई यसले विकृतितिर उन्मुख गराइरहेको छ । सामाजिक संजाल मार्फत प्रेम बिबाह र बाटो हिँड्दाहिँड्दै प्रेम बस्ने र छिनमै सारा मर्यादा तोडेर शरीर सुम्पने प्रवृत्तिले पनि सम्बन्धविच्छेदलाई बल दिइरहेको छ । परिवार र जीवनको अर्थ नबुझी विवाह बन्धनमा बाँधिनु सम्बन्धविच्छेदको अर्को कारण हो । हतारमा विवाह गर्नु र पछि पछुताउनुको परिणाम हो, सम्बन्धविच्छेद ।

परम्परा अनुसार घरपरिवारले केटाकेटी को चिना मिलाएर , आवश्यक रित नियम पुर्याएर विवाह गरिदिने चलन थियो । अहिले शहरिया युवायुवती स्वयं आत्मनिर्भर बनेको स्थिति छ । छुट्नलाई अहिले त कानुन पनि सजिलो छ । मुलुकी देवानी संहिताको परिच्छेद ३, दफा ९३ मा पति पत्नीले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्नसक्ने उल्लेख छ ।

तेस्रो व्यक्तिसँग यौनसम्बन्ध राखेको ठहरिएमा पनि सम्बन्धविच्छेद हुनसक्छ । अंगभंग हुने गरी कुटेमा वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न पाइन्छ । पतिले जबरजस्ती करणी गरेमा समेत पत्नीले सम्बन्धविच्छेदको बाटो रोज्न सक्छिन् ।

कानुनले दिएको सम्बन्धविच्छेद गर्ने हकअधिकारको दुरुपयोगसमेत हुने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा गएका श्रीमान्को आँखा छलेर अर्कैसँग लागी छोडपत्र भएका घटना पनि उल्लेखनीय छन् । यता, श्रीमान्ले पैसा हिनामिना गरेको आरोप लगाएपछि पनि खान–लाउन दिएन भन्दै सम्बन्धविच्छेद गर्न खोजिएको पाइन्छ ।

पुरुषहरू श्रीमती हुँदाहुँदै अर्की खोजेर हिँड्नाले सम्बन्ध तहसनहस बनेको छ । अल्लारेपन र उत्ताउलोपनले समेत छोडपत्र गर्न बाध्य बनाउने जानकारहरूको भनाइ छ । सामाजिक सञ्जालले पनि दाम्यत्य जीवनमा पहिरो ल्याएको छ । नचिनेकोसँग फेसबुकमा मित्रता गाँस्दा, जथाभावी लाइक र कमेण्ट गर्नाले पतिपत्नीमा शंका पैदा गरिदिएको छ ।

सम्बन्ध जोड्नका लागि बनेको हो तोड्नका निम्ति होइन भन्ने कुरा बिर्सिइएको छ । लिभिङ टुगेदरको चलन आम छ । दोलखा जिल्ला अदालत मात्रैको तथ्यांक हेर्ने हो भने पनि सम्बन्धविच्छेदको पारो उक्लिँदो छ । त्यहाँ २०७५ भदौ ६ गतेदेखि २०७८ चैत २४ गतेबीच ७० वटा सम्बन्धविच्छेदका मुद्दाको छिनोफानो भएको छ ।

२०७५ मा नौ वटा मुद्दा फैसला भएको थियो । त्यसैगरी, ०७६ मा १८, ०७७ मा २७ र ०७८ मा १६ जनाको सम्बन्धविच्छेद भएको छ । घरायसी झैझगडा र सामान्य मनमुटावले गर्दा सम्बन्धविच्छेदको क्रम बढेको जिल्ला अदालतकी शाखा अधिकृत राधा भुसाल बताउँछिन् । खान, लाउन नदिएको भन्दै सम्बन्धविच्छेद गर्ने क्रम बढ्दो रहेको उनको भनाइ छ ।

उनका अनुसार सम्बन्धविच्छेद गर्न चाहनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ । हिजोको दिनमा शोषण र दमन खेपिरहेको भएर पनि महिलाले स्वतन्त्रता खोजेको अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाको बुझाइ छ ।

महिलामा आफैं केही गरेर खान सक्छु भन्ने क्षमताको विकास भएकाले पनि सम्बन्धविच्छेद बढेको उनी बताउँछन् । श्रीमान् टाढा रहेको बेला जसले माया दियो उसैतिर लाग्ने भएकाले पनि दाम्पत्य जीवनमा समस्या आएको उनको बुझाइ छ ।

उनका अनुसार पैसा, सामाजिक सञ्जाल, वैदेशिक रोजगारी, मायाको अभाव, विश्वसनीयतामा कमीलगायत छोडपत्रका कारण हुन् । छोडपत्र बाबुआमासँग मात्र नभई छोराछोरीसँग पनि प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । सम्बन्धविच्छेद गरेपछि बाबुआमाले त सुखको सास फेर्न पाउलान् तर बालबच्चाको भने बिचल्ली हुन्छ ।

जन्मदाताकै बाटो भिन्नभिन्न भएपछि बालबच्चाले निकै दुःख र हैरानीको सामना गर्नुपर्ने हुन्छ । कानुनमा १८ वर्षसम्म बालबच्चा आमासँग रहने व्यवस्था छ । त्यसपछि ऊ जोसँग बस्न चाहन्छ, त्यो छुट्याउने उसको अधिकारभित्र पर्छ । तर, जुनै पनि बालबच्चालाई पढाइ पूरा हुनका निम्ति बाबुआमा दुवैको माया सराबरी नै चाहिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: