नयाँ दिल्लीका लागि उडेको जहाजमा आगलागी, पटना विमानस्थलमा आकस्मिक अवतरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ । भारतको बिहार राज्यको राजधानी पटनाबाट नयाँ दिल्लीका लागि उडेको जहाजमा आगो लागेको छ ।

स्पाइसजेटको उडान नम्बर एसजी ७२३ को विमानमा आगलागी भएको हो । इन्जिनमा आगो लागेपछि विमानलाई फर्काएर पटना विमानस्थलमा आकस्मिक अवतरण गराएइको छ ।

एक सय ८५ यात्रु सवार विमान स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ४ मिनेटमा दिल्लीका लागि उडेको थियो । आकाशमा पुगेपछि प्राविधिक त्रुटि देखियो र पटना फर्काउने क्रममा विमानको इञ्जिन दनदनी बलेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएअनुसार विमानका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । विमानको बायाँ पखेटामा आगो लागेको हो ।

स्थानीयले विमानमा आगो लागेको देखेपछि विमानस्थलका अधिकारीहरुलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array