सुकुम्बासी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौंः गृहमन्त्री खाँण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बासोबासीको समस्या सधैंका लागि समाधान गर्ने दावी गरेका छन् ।

राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै गृहमन्त्री खाँणले आवश्यक प्रक्रिया पूरा गरी भूमिहीन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्ने बताए ।

‘भूमिहीन सकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्ने गरी काम गर्नुस्’ खाँणले आयोगका पदाधिकारीलाई निर्देशन दिँदै भने, ‘सरकारले के गर्नु पर्ने हो ? बजेट कति चाहिन्छ, सुरक्षाका लागि के सहयोग गर्नु पर्ने हो, सरकार यसका लागी तयार छ ।

सार्वजनिक जग्गाको संरक्षण र भूमिहीन तथा अव्यवस्थित वसोबासीको समस्या समाधानको विषयलाई स्थानीय सरकारले पनि पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने मन्त्री खाँणले बताए । सरकारको मुख्य लक्ष्य प्राप्तिका लागि आयोगका पदाधिकारीहरुले जिम्मेबार भएर परिणाम देखिने गरी काम गर्नुपर्ने दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्

Array