बिलियर्ड हलमा गुड फ़्राइडे मनाएका बेला दर्बार हत्याकाण्ड भयो , बिलियार्ड र गुड फ़्राइडे शब्द सग नेपाली संस्कृतिको के साइनो ?न त “बिलियर्ड” शब्द संग नेपालीको कुनै गोरु बेचेको साइनो न त शुक्रबारे गुड फ्राइडे संग नेपालीको कुनै साँस्कृतिक साइनो !! यो त्यही हो जुन मिसनको लागि “डाउनवार्ड फिल्ट्रेशन सिद्धांत” ल्याएको थियो त्यसैको प्रभावको एक झलक मात्रै हो।
डाउनवार्ड फिल्ट्रेशन सिद्धांत !!
अध्याय :एक
भारतमा अंग्रेजले उपनिवेश बनाएपछि भारतीय जनतालाई कस्तो प्रकारले शिक्षा दिने भनेर धेरै बहसपछि डाउनवार्ड फिल्ट्रेशन सिद्धांत “अधोगामी निस्पंदनको सिद्धांत” अनुसार शिक्षा प्रदान गरियो। यसलाई सबैभन्दा पहिला अंग्रेजले बम्बैमा लागु गरेको थियो, यो सिद्धान्तलाई ब्याख्या गर्दै तत्कालीन बम्बईको गवर्नर जनरल वार्डन (Warden) काउन्सिलको एक सदस्यले -“जन सामान्यको अप शिक्षा दिनुभन्दा उत्तम यो हुन्छ की उच्च वर्गको प्रभावी व्यक्तिहरुको एउटा सानु समूहलाई अधिक उच्च शिक्षा प्रदान गर्नुपर्दछ।”
त्यस्तै ईस्ट इण्डिया कम्पनीले पनि यस्तो शिक्षा पद्धति बारेमा सन् १८३० को एक आदेश-पत्रमा -“शिक्षामा प्रगतिको सम्भावना त्यतिबेला भन्न सकिन्छ उच्च बर्गका ती ब्यक्तिहरुलाई शिक्षा प्रदान गर्नु जसले पर्याप्त रूपमा समय निकाल्न सकिन्छ तथा यिनिहरु आफ्नो समुदायमा प्रभावशाली व्यक्ति पनि होस्।” भनेर भनिएको थियो।
भारतको गवर्नर जनरल लॉर्ड ऑकलैंडले यस सिद्धान्तको महत्त्वलाई स्विकार्दै तत्कालीन शिक्षाको एक अभिन्न अंगको रूपमा बनाउँदै लेखेको थियो-“सरकारले समाजको उच्च वर्गलाई नै शिक्षा प्रदान गर्नुपर्छ जसले सभ्यता(पश्चिमी) छानीछानी जनता सम्म पुगोस् !!
भारतमा अंग्रेजी शिक्षा लागु गर्ने थोमस बैबिंगटन मैकाले हुन्
मैकाले र क्रीस्चियन मिसनरीको एउटा दस्तावेज़मा यही “डाउनवार्ड फिल्ट्रेशन सिद्धांत” को प्रसंग पाइएको छ, जसमा स्पष्ट लेखिएको छ की ”निम्न बर्गलाई पढाउनु भन्दा उच्च शिक्षा, उच्च वर्गलाई उपलब्ध गराउनु अत्याधिक आवश्यकता हुन्छ किनभने उच्च बर्गको नक्कल निम्न बर्गले अवस्य गर्छन् यस्तो गर्नाले आफ्नो मान्यता आफ्नो विचार प्रसार गर्न धेरै सजिलो हुन्छ।

अध्याय: दुई
१५ अगस्ट १९४७ मा भारत स्वतन्त्र घोषणा गरेको भने पनि त्योभन्दा एक वर्ष अगाडि नै बेलायतले अन्तरिम सरकार बनाउन भारतीय कांग्रेस पार्टीलाई प्रधानमन्त्रीको नाम दिन आग्रह गरेको थियो।
कांग्रेस पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुने पक्का थियो तर जवाहरलाल नेहरु अध्यक्ष थिएन त्यसैले पार्टीमा उनलाई अध्यक्ष बनाउन महात्मा गान्धीले कांग्रेस कमिटीको बैठक बोलाएर राय लियो।
कांग्रेस पार्टीको अध्यक्ष बन्नको लागि १५ वटा प्रान्तीय कांग्रेस अध्यक्ष बाट समर्थन आवश्यकता पर्थ्यो, बैठकमा १२ वटा प्रान्तीय अध्यक्षले सरदार पटेलको नाउँ लियो बाँकी ३ वटा अध्यक्षले आचार्य जेबी कृपलानी र पट्टाभी सीतारमैया हुनुपर्छ भनेर राय दिइयो।
१५ वटा प्रान्त बाट जवाहरलाल नेहरुको लागि एकजना पनि समर्थक पाएन तर महात्मा गान्धीले बैठक बस्न अगाडि नै सार्वजनिक रूपमा आफ्नो समर्थन जवाहरलाल नेहरुलाई हुने छ भनेर सार्वजनिक वक्तव्य दिइसकेको थियो ” यदि यसपटक म संग सुझाव माग्यो भने म जवाहरलाल नेहरुलाई नै चुन्ने छु” यसको धेरै कारणहरु छ म यसबारेमा बोल्न चाहन्न। (कलेक्टट वर्क्स खंड ९० पेज ३१५)
महात्मा गान्धीले पार्टी भित्र कसैको समर्थन नहुँदा नहुँदै जबर्जस्ती जवाहरलाल नेहरुलाई टीका लगाउनुको कारण त्यतिबेलै धेरैलाई अनौठो लागिरहेको थियो, यसबारेमा गान्धी धेरै बोल्न नचाहे पनि बेला बेलामा ऊनी बाट फुत्केको केही कुराले तत्कालीन अवस्थामा ऊनी माथि अंग्रेजको भित्री दबाबमा रहेकोे थियो भनेर सहजै भन्न सकिन्छ।
त्यतिबेलाको चर्चित पत्रकार जसको पुस्तक “इंडिया फ्रॉम कर्जन टू नेहरू’ को लेखक ले एकपटक गान्धीलाई यसबारेमा जिज्ञासा राखेर सोध्दा गान्धीले हाँस्दै उत्तर दिएको थियो “जवाहर हमारे कैम्प में अकेला अंग्रेज़ है.” !!
जवाहरलाल नेहरू साँच्चै कालो वर्णको अंग्रेज नै थियो, अंग्रेजले “डाउनवार्ड फिल्ट्रेशन सिद्धांत” अनुसार दिएको शिक्षण बाट आएको एक पात्र थिए।
सन् १८५८ मा इंडियन एजुकेशन एक्ट लागु गर्ने थोमस बैबिंगटन मैकालेले ब्रिटेनको संसद भवनमा आफ्नो उद्देश्य प्रष्ट पार्दै भनेका थिए भारतलाई सधैं सधैंको लागि गुलाम बनाउने हो भने यिनिहरुको स्वदेशी साँस्कृतिक शिक्षालाई पुर्ण रूपमा ध्वस्त गर्नुपर्छ र यसको ठाउँमा अंग्रेजी शिक्षा व्यवस्था लागु गर्नुपर्छ त्यसपछि मात्रै यस देशमा शरीरले हिन्दुस्तानी तर दिमागले अंग्रेज जन्मिने छ।” ठिक त्यस्तै थिए जवाहरलाल नेहरू, उनको बारेमा धेरै चर्चा गरिनँ।
अध्याय: तीन
थोमस बैबिंगटन मैकालेले अंग्रेजी शिक्षा भारतमा दिएपछि नेपालमा पनि त्यसको प्रभाव नपर्ने कुरै भएन, आधुनिक शिक्षा सर्वसाधारण जनतालाई नदिएता पनि उच्च बर्गका परिवार राणा खलकका घरानियाहरु पनि अंग्रेजी शिक्षा लिने क्रम संगै श्री ३ राणाहरुको पोसाकमा पनि अंग्रेज जस्तैः बन्ने क्रम सुरु हुन थाल्यो, जनतालाई स्तिहार जारी गर्दा पनि पहिला पहिला मुख्तियार भनेर सम्बोधन गर्ने ठाउँमा अबदेखि अंग्रेजी प्रभाव परेर स्वस्ती श्री प्राइमिनिस्टर एण्ड कमाण्डर इन चिफ जनरल भनेर लेखन सुरु भयो पहिला-पहिला काजी (मन्त्री)भनेर सम्बोधन हुने ठाउँमा अबदेखि मिनिस्टर भनेर नेपालीमा लेख्न थालियो।
भारत बाट अंग्रेजको पलायन संगै मध्ययुगीन राणाको युग पनि समाप्त भयो, प्रजातन्त्र आयो, शिक्षा सबैले पढ्न पाउने स्वतन्त्र पनि पायो, तर भारत बाट झिटिगुन्टा बोकेर गएको अंग्रेजहरु २००७ पछी नेपालमा शिक्षा स्वास्थको नाउँमा फ़ेरि घुस्न पनि सुरु भयो, काठमाडौमा बस्ने उच्च घरानियाँ राजदरबार निकट भाई-भारदार नेपाली सेनाको उच्च ओहदाको जर्नेल देखि नेताहरूका सन्तानलाई लक्षित गरेर क्रीस्चियन मिसनरीहरुले आफ्नो पहुँच बढाउन “सेन्ट जेभियर्स स्कुल” बुढानिलकण्ठ स्कुलहरु जस्तो खोल्न सुरु भयो।
उच्च घरानाका “पावर फुल” का सन्तानहरुले मिसनरी द्वारा खोलिएका स्कुलमा एकथरी शिक्षा लिइरहेको थिए भने ग्रामीण निमुखाहरुको लागि सरकारी शिक्षा पाइरहेका थिए। यही क्रीस्चियन मिसनरी स्कुल बाट पठनपाठन गरेर उत्पादन भएको राजा बिरेन्द्र, राजा ज्ञानेन्द्र हुन् भने मिसनरीको औपचारिक स्कुल नै नपढेका राजा महेन्द्र हुन्, राजा महेन्द्रले जति नेपाल बुझे, जति गहिराइमा पुगेर नेपालीलाई बुझे र आधुनिक नेपालको जग बसाल्न राजा महेन्द्र सफल भयो तर मिसनरी स्कुल बाट आधुनिक शिक्षा हासिल गरेका राजा बिरेन्द्र न सफल भए न त राजा ज्ञानेन्द्र नै सफल भए !
बरु मिसनरी स्कुलको अंग्रेजी संस्कृतिको प्रभाव चाहिँ दुबै राजामा देखियो, राजदरबार हत्याकाण्डमा गुड फ्राइडे मनाएका थिए रे, मनाउने ठाउँ चाहिँ “बिलियर्ड” हल रे ! न त “बिलियर्ड” शब्द संग नेपालीको कुनै गोरु बेचेको साइनो न त शुक्रबारे गुड फ्राइडे संग नेपालीको कुनै साँस्कृतिक साइनो !! यो त्यही हो जुन मिसनको लागि “डाउनवार्ड फिल्ट्रेशन सिद्धांत” ल्याएको थियो त्यसैको प्रभावको एक झलक मात्रै हो।
अध्याय: ४
०४७ अगाडि आंशिक रूपमा निजि स्कुल चल्दै आए पनि २०४७ पछीको खुल्ला वातावरणमा दुई खाले शिक्षा व्यापक रूपमा सुरु भयो, तिर्नेले पढ्ने नतिर्नेले छिर्न नसक्ने शिक्षा आम रूपमा चल्न सुरु भयो, तिर्नेको छोराछोरी अंग्रेजी माध्यमबाट तिर्न नसक्ने सरकारी स्कुलमा !!
हिजो सम्म अंग्रेज मिसनरीले लगानी लगाएर निशुल्क पठनपाठन गराएर उत्पादन गर्ने शिक्षा र शिक्षित बर्गहरु अबदेखि आफैं रकम तिरितिरी पढ्न पढाउन थाले।
सहरी ईलाका बाट गाउँ गाउँमा बोर्डिङ स्कुल खोल्न सुरु भयो यसले दिने शिक्षा भनेको गोराहरु भनेको विद्वान् हुन्छन् ! खैरेनीहरु सुन्दर हुन्छिन् ! हामी साडी चोलो लगाउनेहरु पाखे हुन् ! मिनि स्कट लगाएर तिघ्रा देखाएर हिंड्ने केटीहरु आधुनिक हुन्छिन् ! कुल परम्परा मान्दै ढ्याङ्ग्रो बजाउने बोन्पोहरु अन्धविश्वास भित्र पर्छन् तर चर्च घरमा बिमारीको उपचार गर्नेहरू बैज्ञानिक हुन्छन् !! गोरा छाला खैरो कपाल आधुनिक सभ्यताको जनक हुन् भने कालो वर्ण भएको दौरा सुरुवाल लगाउनेहरु असभ्य हुन्छन् ! त्यसैले यी असभ्यहरुले बोल्ने भाषा स्कुल भित्र Students are not allowed to talk in nepali भन्दै साइनबोर्ड टाँगेर राखेका हुन्छ।
अन्तमा: डाउनवार्ड फिल्ट्रेशन सिद्धांत अनुसार हिजोको दिनमा उच्च बर्गको घरानालाई दिने शिक्षा आज तल्लो बर्ग सम्म पुगिसकेको छ त्यसैले अबको नेपाली कस्तो जन्मिन्छ भने बैबिंगटन मैकालेले भनेको जस्तो शरीरले हिन्दुस्तानी तर दिमागले अंग्रेज जन्मिने छ।” भनेको जस्तै अबदेखि हाम्रो यहाँ “शरीरले पुरै नेपाली कुकुर तर भुकाईले बेलायती जन्मिने छन् !!
अस्तु।
साभार : मोहन लामा रुम्बा फेसबुक वाल बाट
प्रतिक्रिया दिनुहोस्