सार्वजानिक स्थलमा मास्क अनिवार्य लाउने नियम खारेज :श्रीलंका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa
mask not mandatory

कोलम्बो । कोभिड-१९ बाट सुरक्षित रहन अनिवार्य मास्क प्रयोग गर्नु पर्ने नियम धेरै देश मा लागु गरेको थियो , कतिपय जानकारहरु सामान्यता मास्क को प्रयोग कारण रि ब्रिथिंग ले स्वास्थ मा घम्भिर असर हुने दाबि गरेको छ भने युरोप को बिभिन्न देशहरु मा मास्क को बिरुद्ध प्रदर्शन समेत भएको थिओ। श्रीलंकामा अनिवार्य मास्क प्रयोग गर्ने निर्णय खारेज गरिएको छ । सिन्ह्वाका अनुसार श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क अनिवार्य मास्क लगाउनै पर्ने नियम खारेज गरेको छ  ।

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मस्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । स्वास्थ्यमन्त्री रामबुक्वेलाका अनुसार श्वास प्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनैपर्ने नियम कायमै छ ।

उनले भने, ‘कसैले मास्क लगाइरहन चाहन्छ भने उसले लगाइरहन पाउने छ, उसलाई मास्क खोल्नै पर्ने भन्ने छैन ।’ मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भए पनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उनको भनाइ छ ।
Source

प्रतिक्रिया दिनुहोस्

Array