एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको नाम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट मन्त्री बनाउनेको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो।

एकीकृत समाजवादीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ।

त्यस्तै हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउन भनेको छ। यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए।

प्रतिक्रिया दिनुहोस्

Array