सेनाको एमआई–१७ हेलिकप्टर परिचालन :हराइरहेको तारा एयर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । पोखरादेखि सोमसोमका लागि उडेको तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर मुस्ताङ्ग परिचालन  गरिएको छ ।

काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिए । उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले पठाइएको जानकारी दिए । उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो । पोखराबाट स्थानीय समय अनुसार बिहान ९ः ५५ बजे जोमसोमको लागि विमान उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array