काठमाडौँ – एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले अहिले थाइल्याण्डको सामना गरिरहेको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा थाइल्याण्डले १-० गोलको अग्रता बनाएको छ ।

खेलको ३० औं मिनेटमा तोन्तावान पुन्तामुनीले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएका हुन् । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ।