घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अव निरन्तर हुने भएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज सुरु भएको सुनुवाईलाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आफ्नै आयुक्त विरूद्ध आयुक्त रहेकै अवस्थामा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा १२ चैत्र २०७५ मा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । आयुक्त पाठकले अख्तियारमा विचाराधीन उजुरी मिलाइदिने भन्दै घुस लिएको अख्तियारको आरोप छ ।

आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इञ्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ विगो मागदावी गरी मुद्दा दायर गरेको थियो ।